Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

टोकियो – भूकम्प पीडितको उध्दारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले पुरस्कार तथा राहतको घोषणा गरेको छ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उध्दार कार्य गर्ने ब्यक्तिका लागि विश्व नेपाली साहित्य महासङ्घले नगद सहितको पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।

विवेकपूर्ण, बहादुरीपूर्वक उध्दार कार्यमा संलग्न हुने महानुभावहरुलाई हौसला स्वरुप प्रतिब्यक्ति रु ५० हजार प्रदान गरिने बताईएको छ । पुरिएका, चेपिएकाहरु २१ दिन पछिसम्म पनि जिवितै रहन सक्ने भएको कारण जिवितै भेट्ने आशका साथ जोडतोडले उध्दार कार्यमा लाग्न महासंघले सम्बन्धित सबैमा आह्वान गरेको छ । उध्दारमा संलग्न सर्बसाधारण, सेना, पुलिस जो कसैको कार्यको मूल्याङ्कन गरी नगद सहितको पुरस्कार प्रदान गरिने बताईएको छ । उक्त नगद पुरस्कार बढिमा १० जनालाई दिने लक्ष्य लिईएको छ । ***

तपाईको प्रतिक्रिया