Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

वासिङ्टन- विश्वव्यापी सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितलाई आर्थिक सहयोग पुर्‍याउने भएको छ ।

विश्वव्यापी सो सञ्जालले नेपालका भूकम्प पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्दै एक अलग्गै बटनको निर्माण गरेको र सोहीमार्फत आर्थिक सहायता उपलब्ध गराउन सकिने छ ।

सो सञ्जालले नेपालमा भएको महाविपत्तिका लागि सहयोग गर्न आह्वान गर्दै आर्थिक सहायता सो फेसबुकमा दिइएको खातामा नै उपलब्ध गराउन सकिने अपिल गरेको छ ।

यस सञ्जालले २० लाख अमेरिकी डलर बराबरको रकम जम्मा गर्ने लक्ष्य लिएको पनि सो साइटमा जनाइएको छ ।

यसअघि नै गत सोमबार संयुक्त राज्य अमेरिकाले दश हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने बताइसकेको छ ।

यस नेटवर्कमा अहिले नै बङ्गलादेश, भारत र नेपालका नागरिकले रकम जम्मा गर्न थालिसेका छन् । उनीहरु विभिन्न पेसा वा व्यवसायका लागि विश्वका विभिन्न देशमा रहेका र उनीहरुले त्यहीँबाटै सहयोग गर्ने जनाएका हुन् ।

गएको शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसको भोलिपल्ट आइतबार पनि अर्को शक्तिशाली भूकम्प आएको थियो ।

तपाईको प्रतिक्रिया