Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- विनासकारी भूकम्पमा अहिलेसम्म देशभर पाँच हजार ४ सय ८९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ ।

भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।

आज बिहानमात्रै तीनवटा धक्का

यसैबीच आज बिहान ९ बजेसम्म भूकम्पका तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ६:२२ मा धादिङ केन्द्र बिन्दर भएर ४.७ रेक्टर स्केल, ८:३१ बजे रसुवा केन्द्रबिन्दु भएर ४.७ रेक्टर र ८:४१ मा ३.९ रेक्टर स्केलको नुवाकोट केन्द्र बिन्दु भएर अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया