Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भूकम्पको त्रासका कारण काठमाडौंबाट घर फर्किन चाहनेहरुका लागि निशुल्क बसको व्यवस्था गरिएको छ । सरकारी निकाय, यातायात व्यवसायी, विभिन्न सामाजिक संस्थाहरुले बसको व्यवस्था गरेका छन्।

पोखरा जान चाहनेका लागि पृथ्वी राजमार्ग बस संचालक संघले बुधबार पचासवटा बस संचालन गरेको छ । झापा समाजले पूर्व जानका लागि असीवटा बस काठमाडौं पठाएको छ भने दमक नगपालिकाले पनि थप बीसवटा बसको व्यवस्था गरेको छ।

पूर्वमा इटहरी र पश्चिममा बुटवलसम्म जानका लागि तीनकुनेदेखि माइतीघरसम्मको खण्डबाट नि:शुल्क बसको व्यवस्था गरिएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

मोरङ जानका लागि पनि मोरङ समाजले बीसवटा बसको व्यवस्था गरेको छ। त्यसैगरी धौलागिरी अञ्चल बस व्यवसायी समिति बागलुङले बुधबार र बिहीबारका लागि नि:शुल्क बस चलाउँदैछ। त्यसका लागि नयाँबसपार्कको काउन्टर सम्पर्क गर्न भनिएको छ। उच्च माध्यमिक विद्यालयल संघ प्याब्सन र एन प्याब्सनले पनि घर फर्किन चाहेनका लागि निशुल्क यातयात सेवा दिने भएका छन् । ***

तपाईको प्रतिक्रिया