Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – प्रमुख विपक्षी एकीकृत माओवादीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वार गर्न सरकार असफल भएको आरोप लगाएको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार बसेको स्थायी कमिटीको विस्तारित बैठकले राहत र उध्दारमा सरकार प्रभावहीन देखिएको निष्कर्ष निकालेको हो ।

बैठकले प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी र पारदर्शी ढंगले राहत र उध्दार कार्य अघि बढाउन सरकारसँग मागसमेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उध्दार, राहत तथा पुननिर्माणका लागि व्यवस्थापिका संसदले एक अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने माग गरिएको बताए ।

उनले राहत वितरण अस्तव्यस्त र विभेदकारी देखिएको भन्दै आफूले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराउने उल्लेख गरे । यसैबीच एमाओवादीले प्रभावित क्षेत्रमा राज्यका निकायसँगको समन्वयमा राहत र उद्धारमा जुट्न कार्यकर्तालाई अपिलसमेत गरे । ****

तपाईको प्रतिक्रिया