Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म दुई हजार छ सय ६३ पुगेको छ ।
घाइतेहरुको संख्या अहिलेसम्म करिब ६ हजार आठ सय पुगेको छ ।
त्यसैगरी अहिलेसम्म तीन सय ६८ शव मृतकका आफन्तहरुले बुझेर लगेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

भूकम्पबाट काठमाडौंमा सबैभन्दा बढी ७२३ जनाको मृत्यु भएको छ । भक्तपुरमा २१९ र ललितपुरमा १३७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै देशको पूर्वी क्षेत्रमा ३९, मध्यक्षेत्रमा ७१८, पश्चिमक्षेत्रमा १०९ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै दुई जना प्रहरी र दुई जना विदेशी नागरिकको मृत्यु भएको बताइएको छ । भूकम्पको केन्द्रविन्दू रहेको जिल्ला गोरखामा सबैभन्दा बढी क्षति भएको उल्लेख गर्दै सो जिल्लामा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । रासस

तपाईको प्रतिक्रिया