Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – शनिबार गएको महाभूकम्पका कारण मुलुकभर ठूलो मात्रामा जनधनको क्षति पुगेको छ । आइतबार विहान १० बजेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ११ पुगेको नेपाल प्रहरीले जनाएको छ ।

ktmप्रहरीका अनुसार ४ हजार ६ सयभन्दा बढी घाइतेको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । त्यस्तै राजधानीमा मात्र मृतकको संख्या ७ सय २३ पुगेको छ भने २ हजार ४ सय ३१ घाइते भएका छन् । भक्तपुर र ललितपुरमा क्रमशः २ सय ५ र १ सय २५ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ४८ जना भक्तपुरमा र ललितपुरमा ७ सय ९१ घाइते भएको प्रहरीले जनाएको छ ।

उता पूर्वाञ्चल विकास क्षेत्रमा मृत्यु हुनेको संख्या ३७ प’गै छ । भने ९९ जना घाइते भएका छन् ।

मध्यमाञ्चलमा ७ सय १८ र पश्चिमाञ्चलमा १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा उद्दार कार्य जारी रहेको छ । भने मृतकको संख्यामा वृद्धि हुने प्रहरीले अनुमान गरेको छ।

भूकम्पले अझै धक्का दिन नरोकिएपछि मानिसहरु त्रासका कारण खुला चौर र सडकमा सरण लिईरहेका छन् ।***

तपाईको प्रतिक्रिया