Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेसँग रहेको संविधानको चाबी आफ्नो हातमा दिइ दुई घण्टाभित्र संविधान जारी गरेर देखाइदिने बताएका छन् ।

आफ्नै निवास लाजिम्पाटमा शुक्रबार सञ्चारकर्मीसँग उनले आफू विगतका सहमति र प्रतिबद्धताका आधारमा सहमतिमै संविधान जारी गर्न सक्रिय रहेको बताए । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौ तथा त्यसयता भएका सबै सहमति र सम्झौताको आधारमा सहमतिको प्रस्ताव बनाउने जिम्मेवारी आफूलाई दिन माग गरे ।

‘संविधान निर्माणको चाबी काँग्रेस–एमालेसँग छ’, उनले भने, ‘उनीहरु विगतका सहमति र प्रतिबद्धताअनुसार जिम्मा दिन तयार छन् भने म दुई दिनमा संविधान दिन तयार छु ।’ प्रचण्डले १२ बुँदे समझदारी, शान्ति सम्झौता, अन्तरिम संविधान र सेना समायोजन आफूले चुनौती मोलेर सम्पन्न गरेको दाबी गरे ।

‘जतिबेला मुलुकलाई समस्या परेको छ, त्यतिबेला प्रचण्डले गाँठो फुकाएको छ’, उनले भने, ‘तर दुर्भाग्य के छ भने सबै कुरा बिगार्ने प्रचण्ड नै हो भन्ने प्रचार गरिएको छ ।’ उनले पछिल्लोपटक संविधानका विवादमा सहमति भएको र प्रचण्ड पछि हटेपछि सहमति भाँडिएको भन्ने प्रचारबाजी भएकामा आश्चर्यचकित भएको बताए ।

तपाईको प्रतिक्रिया