Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

न्यूयोर्क– एक परीक्षणकालीन औषधिबाट इबोला संक्रमित बाँदरको सफल उपचार भएको छ । अमेरिकी वैज्ञानिकहरुका अनुसार टिकेएम इबोला नामक म्याकोना स्ट्रेन भाइरससँग लड्न बनेको हो ।

पश्चिमी अफ्रिकामा उक्त भाइरसको ठूलो महामारी अझै जारी छ ।

२८ दिन लामो परीक्षण उपचारबाट ३ बाँदर स्वस्थ निस्किए । उपचार नगरिएका अन्य ३ बाँदरचाहिँ मरे । वैज्ञानिकहरुले यो औषधिको प्रभावकारिता मानिसमा नभइसकेको बताएका छन् ।

परीक्षण उपचार सम्बन्धी अध्ययन प्रतिवेदन ‘नेचर’ जर्नलमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया