Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– क्यारेबियन मुलुक ग्रेनाडामा ७ जना नेपाली विद्यार्थी पक्राउ परेका छन् । एजुकेशन इन हस्पिटालिटी, क्रुज एण्ड बिजनेस म्यानेजमेन्ट पढ्का लागि भन्दै सेन्ट लुईस पुगेका उनीहरु छिमेकी राष्ट्र ग्रेनाडामा पक्राउ परेका हुन् ।

त्यहाँको प्रहरीले बुधबार ७ जना नेपाली विद्यार्थी पक्रेको पुष्टि गरेको अन्तर्राष्ट्रिय अनलाइन संस्करण जमाइका अब्जरभरले जनाएको छ । सेन्ट लुइसबाट डुंगामा ग्रेनाडा जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ६ जना छात्र र एक छात्रा छन् । २२ वर्षका दिपक सापकोटा, २२ वर्षकै चन्द्रबहादुर थापा, १८ वर्षका अंकित ढकाल, २३ वर्षका प्रदिप अधिकारी, २० वर्षका दिपक भुजेल, ३२ वर्षका अर्जुन काफ्ले शर्मा र २० वर्षकी नुमकला तिवारी पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया