Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

‘स्वाइन फ्लु रोकथाम गर्न कुनै कसर बाँकी नराख्नू’
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले इन्डोनेसियाको जाकर्ताबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई टेलिफोन गर्नुभएको छ ।

एसिया-अफ्रिका शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्रीले जाजरकोटलगायत मुलुकका विभिन्न भागमा देखापरेको स्वाइन फ्लुको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई निर्देशन दिनुभएको छ ।

जाजकोटमा फैलिएको स्वाइन फ्लु नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।

तपाईको प्रतिक्रिया