Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

इलाम- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दिगो शान्ति र स्थायित्वका लागि आगामी असारसम्ममा संविधान जारी हुने बताउनुभएको छ ।

इलामको फिक्कलमा बिहीबार भएको पत्रकार सम्मेलनमा खनालले सबै दलका सहमतिका आधारमा संविधान जारी हुने दाबी गर्नुभयो । ‘सहमतिका लागि मुख्य दलका शीर्ष नेतासँगको बैठकले अधिकतम सहमतिमा संविधान जारी गर्ने विषयमा सहमति जुटाउँछ, सहमति नभएमा मात्र प्रक्रियाबाट अघि बढेर भए पनि संविधान जारी हुन्छ,’ उहाँले भन्नुभयो ।

खनालले संविधान निर्माणका लागि आफ्नो पार्टी हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउनुभयो । उहाँले सहमतिबाट जारी भएको संविधान मात्र दीर्घकालसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया