Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– माओवादीले संविधानका विवादित विषयलाई जनतामा फर्काउनुपर्ने माग गरेको छ ।

उसले दलहरूमा मिलेका विषयलाई मस्यौदाका लागि प्रक्रियामा पठाउने र नमिलेका विषय जनतामा फर्काउने गरी नयाँ विकल्प अघि सारेको हो ।

एमाओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले दलहरूबीच मिलेका विषय मस्यौदाको प्रक्रियामा पठाउने र विवादित विषय जनतामा नै फर्काएर संविधान जारी गर्नुपर्ने धारणा राखे ।

पौडेलले एमाओवादीले विकल्पसहित सत्तारुढ कांग्रेस एमालेसँग वार्ता गर्ने जानकारी दिए ।

एमाओवादीले मस्यौदा प्रक्रियामा पठाउँदा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई सभापति रहेको विवाद समाधान उपसमितिमार्फत पठाउनुपर्ने अडान लिएको छ ।

तपाईको प्रतिक्रिया