Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

इन्डोनेसिया (जाकर्ता)- प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सव समारोहका क्रममा इन्डोनेसियाको राजधानी जार्कताको जार्कता सभागृहमा उहाँहरूबीच आज साँझ भएको द्विपक्षीय भेटघाटमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्ता दिनुभएको हो ।

सो अवसरमा राष्ट्रपति पिङ्ले आफू नेपाल भ्रमणका लागि उत्सुक रहेको भन्दै मौका पाउँदा भ्रमण गर्ने जानकारी दिनभएको भेटमा प्रधानमन्त्री कोइरालाका साथ रहनुभएका प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति पिङ्लले पनि प्रधानमन्त्री कोइरालालाई चीन भ्रमणको निम्ता दिनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफू चीन भ्रमणका लागि उत्सुक रहेको र मौका मिल्नासाथ भ्रमण गर्ने जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले नेपाल–चीनबीच सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठका अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाइने जानकारी राष्ट्रपति पिङलाई गराउनुभएको सल्लाहकार डा भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले चीन सरकारले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका लागि प्रदान गर्दै आएको आर्थिक सहयोगलाई वृद्धि गरेकामा चीन सरकार एवम् राष्ट्रपति पिङलाई धन्यवाद दिनुभएको थियो ।

हालै राष्ट्रपति डा रामवरण यादवको चीन भ्रमणका क्रममा चीन सरकारले प्रदान गर्दै आएको आर्थिक सहयोगमा वृद्धि गरेको थियो ।

राष्ट्रपति पिङ्ले नेपालमा शान्ति, स्थिरता र छिमेकी चाँडै धनी होउन् भन्ने चाहना चीनले राखेको प्रधानमन्त्री कोइरालालाई गराउनुभएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्दै नेपाली जनताको चाहनाअनुसारको नयाँ संविधान लेखन कार्य सहमतिका आधारमा अगाडि बढिरहेको बताउनुभएको थियो ।

हामी नेपालमा शान्ति, स्थिरता, आर्थिक समृद्धि भएको हेर्न चाहन्छौँ राष्ट्रपति पिङ्ले प्रधानमन्त्री कोइरालासितको भेटमा भन्नुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइराला र राष्ट्रपति पिङबीच नेपाल र चीन सम्बन्धका विविध आयामका विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

ऐतिहासिक बाङडुङ सम्मेलनको ६० औँ वार्षिकोत्सव तथा नास्पको दशौँ वार्षिकोत्सवमा भाग दिन उहाँहरू इन्डोनेसियाको जाकर्तामा आउनुभएको थियो । सम्मेलन भोलिसम्म जारी रहनेछ । रासस

तपाईको प्रतिक्रिया