Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– व्यापक विरोध भए पनि सरकारले नलाइन भिसा प्रोसेसिङ नरोक्ने स्पष्ट संकेत दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको अनलाइन भिसा प्रक्रिया बिनाटेन्डर भारतीय कम्पनीलाई दिने तयारी गरेकोमा व्यापक विरोधपछि सरकारले ग्लोबल टेन्डर गर्ने तयारी भएको छ ।

सरकारले यसअघि भारतीय कम्पनी बिएलएस इन्टरनेसनल सर्भिस लिमिटेडलाई यसको जिम्मा दिने तयारी गरेको थियो।

अध्यागमनको अनलाइन भिसा प्रक्रियाको जिम्मा निजी कम्पनीलाई दिँदा सूचना चुहिने भन्दै सरकारको चौतर्फी आलोचना भएपछि ग्लोबल टेन्डर गरेर कम्पनी छान्न लागेको हो।

अनलाइन भिसा प्रक्रियाको विषयमा बुधबार संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अनलाइन भिसा प्रक्रिया ग्लोबल टेन्डरबाट हुने र भिसा शुल्कको विषयमा पनि निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया