Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

झापा– जीवनको रहरलाग्दो समय राजनीतिमा बिताएकी एनेकपा (माओवादी)की कार्यकर्ता पनिता ढकालले दुई वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन सुरु गर्नुभएको छ ।
युवालक्षित पशु विकास कार्यक्रम अन्तर्गत रु २ लाख सरकारी अनुदान लिएर उहाँले मेचीनगर–११ स्थित पुरानो भन्सारमा ‘पूर्वोदय कृषि फार्म’ सञ्चालन गर्नुभएको छ । करिब ६ लाख रुपैयाँ लगानी गरेको उक्त फार्ममा यतिबेला ३० वटा खसीबाख्रा पालिएका छन् ।

उर्लाबारी र महुलीबाट रु ६ लाखमा उन्नत् जातका बाख्राका पाठापाठी खरिद गरी उहाँले व्यावसायिकरुपमा बाख्रापालन सुरु गर्नु भएको हो । उहाँको खोरमा खरी, जमुनापारी, बारबेरी, तराई उन्नत् जातका बाख्रा रहेका छन् ।

“सबै बाख्राको पशु बिमासमेत गरेकी छु” ढकालले भन्नुभयो । बाख्रा मरेमा ९० प्रतिशत रकम बिमा कम्पनीले उपलब्ध गराउने उहाँले बताउनुभयो । ढकालको अधिकांश समय बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ ।

ढकालले २०५७ सालदेखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । एनेकपा (माओवादी) झापा जिल्ला कमिटीका पूर्व जिल्ला सदस्य ढकाल अहिले अखिल नेपाल महिला संघ क्रान्तिकारी क्षेत्र नम्बर–१ को क्षेत्रीय संयोजक समेत हुनुहुन्छ । उहाँले एक कट्ठा जग्गामा खोर तथा १५ कट्ठामा घाँसखेती गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया