Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – गैर आवासीय नेपाली संघ, युकेको प्रायोजनमा र हिमालयन गाईड्सको प्राविधिक सहयोगमा ८३ वर्ष ९ महिनाका मिनबहादुर शेरचन सगरमाथा चढ्ने तयारी गर्नुभएको छ ।

बैशाख ११ गते लोकतन्त्र दिवसका दिन आरोही शेरचन सगरमाथा आरोहणका लागी लुक्ला प्रस्थान गर्ने तयारी गर्नुभएको हो । सगरमाथा आरोहणका लागि चाहिने आवश्यक कागजपत्र तथा सरकारी परमिट समेत पुरा गरिसकेको हिमालयन गाईड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताउनुभयो ।

सन् २००८ मा ७६ बर्षको उमेरमा शेरचनले जापानका ७५ वर्षीय युचिरो मिउराले गरेको वल्र्ड रेर्कडलाई उछिनेर सगरमाथा आरोहण गरी सबैभन्दा जेष्ठ आरोहीको उपाधी पाएर गिनिज बुक अफ द वल्र्डमा रेर्कड कायम गराउनुभएको थियो । तर सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि शेरचनको वल्र्ड रेकडको उपाधी खोसिएको थियो ।

गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागि सगरमाथाको क्याम्पसम्म पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया