Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– काठमाडौंबाट भारतको गोरखपुरतर्फ जाँदै गरेको जी.जे. १४ एक्स ९९०० नम्बरको भारतीय तिर्थयात्री सवार रहेको बस बुधबार विहान करीब ७ बजे काठमाडौं र धादिङको सिमाना नागढुंगाबाट करिब तीन किलोमिटर पश्चिमतर्फ झ्याप्रे खोलामा दुर्घटना भएको छ । सडकबाट करिब एकसय मिटर तल गाडी खसेर उक्त दुर्घटना भएको हो ।

बुधबार दिउँसो दुई बजेसम्म प्राप्त जानकारी अनुसार दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु मध्ये १४ जनाको शव दुर्घटनास्थलमै फेला पारिएको थियो । एक जनाको शिवज्योती अस्पताल बलम्बुमा, एक जना ओम समाज अस्पताल बलम्बु र एक जनाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएकाहरुमध्ये गणेश शंकर छतवारा, गणेश शिवा छतवारा, ईश्वरी सामजी छतवारा, दलपत भाई छतवारा, दयाराम रामजी छतवारा, गंगाराम लालजी छतवारा, नरसी प्रोपतभाई छतवारा, जसु वेन छतवारा, बञ्चन वेन नरोत्तम छतवारा, सकिता वेन छतवारा, गौरी वेन छतवारा, लिला वेन छतवारा र चम्मा वेन छतवाराको सनाखत भएको छ । यसैगरी मृत्यु हुनेमा अर्को एक जना सोही गाडीका खलासी अलफेस कोडी पटेल छन् ।

उपचारको क्रममा मृत्यु भएका अन्य तीन जनाको नाम हाल थाहा हुन सकेको छैन । दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने सवै जना भारतको गुजरात प्रदेशको सुरेन्द्रनगर जिल्ला होटुवान भन्ने ठाउँका बासिन्दा भएको खुल्न आएको छ ।

दुर्घटनामा परी घाइते भएका २८ जनालाई सशस्त्र टोलीले उपाचारार्थ काठमाडौंको विभिन्न अस्पतालमा पठाएको छ । घाइते मध्ये शिवज्योती अस्पताल बलम्बुमा ८ जना, नर्भिक अस्पताल थापाथलीमा २ जना, वयोद्या अस्पताल बल्खुमा एक जना, दिर्घायु अस्पताल चावहिलमा ४ जना, सहिद मेमोरियल अस्पताल कलंकीमा २ जना, त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा ७ जना र मेघा अस्पताल ललितपुरमा ४ जनाको उपचार भइरहेको छ ।

घाइते मध्ये हाल २५ जनाको नाम खुलेको छ । उनीहरुमा मनसुक छतवारा, चुनी छतवारा, ईश्वरी सामजी छतवारा, नरोत्तम सिवा छतवारा, मेरा मञ्जी छतवारा, प्रागजी भगवान छतवारा, भीम भाई छतवारा, मनसुक बाई छतवारा, भीरु वाई छतवारा, हर्जिवन राजा छतवारा, रेञ्छोट महरा छतवारा, गणेशवाई छतवारा, मुरजी छतवारा, गौरी वेन छतवारा, सुखी वेन छतवारा, सुरज वेन छतवारा, लिला वेन छतवारा, मोमी वेन छतवारा, लागू वेन छतवारा, रसो वेन छतवारा, लावु वेन छतवारा, सकिता वेन छतवारा, मञ्जु वेन छतवारा, लिला वेन छतवारा र छनी वेन छतवारा छन् ।

Accident_Dhading01 Accident_Dhading02 Accident_Dhading03 Accident_Dhading04 Accident_Dhading05 Accident_Dhading06 Accident_Dhading07 Accident_Dhading08 Accident_Dhading09 Accident_Dhading10 Accident_Dhading11 Accident_Dhading12

तपाईको प्रतिक्रिया