Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– अर्थमन्त्री डा. रामशरण महतले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यसहितको विकासमुखी बजेट आउने बताउनुभएको छ ।  राजधानी काठमाडौंमा आयोजित एक साक्षात्कारमा उहाँले छर्ने प्रवृत्तिको बजेट नल्याउने स्पष्ट पार्दै सामाजिक न्यायमुखीसहितको आर्थिक फड्को मार्ने उद्देश्यको बजेट आउने बताउनुभयो । देश अत्याधिक आर्थिक वृद्धिको अवस्थामा रहेको भन्दै परिणामका लागि धैर्य गर्नुपर्ने अर्थमन्त्रीको भनाई थियो ।

‘६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित बजेट बनाइदैछ,’ महतले भन्नुभयो,‘बजेट तिव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यको हुन्छ ।’  आफू विगतमा अर्थमन्त्री हुँदा इतिहासमा सबैभन्दा बढी ५.८ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको स्मरण गराउँदै त्यसै अनुरूपको कार्यक्रम ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो । बजेटले लगानी र उत्पादन वृद्धिलाई महत्व दिने उल्लेख गर्दै अर्थमन्त्री महतले गएको वर्ष विदेशी लगानी ओइरिएको र स्वदेशी लगानीमा पनि उच्च वृद्धि भएबाट आफू निकै उत्साहीत भएको धारणा राख्नुभयो । उहाँले विदेशी लगानी दुई गुणाले बढेको जानकारी दिनुभयो ।

भारतसँग नयाँ व्यापार सम्झौता हुन लागेको बताउँदै अधिकतम् नेपाली सामान विना भन्सार भारतको बजारमा जाने वातावरण बनाउन सरकार सक्रिय रहेको अर्थमन्त्री महतले बताउनुभयो । सन् १९९६ मा व्यापार सम्झौता भएर २००६ सम्म सहज रूपमा निर्यात भएका नेपाली उत्पादन रोकिएको भन्दै अबको सम्झौताले नेपाली उत्पादनलाई विदेशी बजारमा सहज निर्यातको अवस्था निर्माण गर्ने विश्वास ब्यक्त गर्नुभयो । आयात निर्यातको सन्तुलन बिग्रिरहेको अवस्थाबाट पार लगाउन नयाँ सम्झौताले भूमिका खेल्ने महतको भनाई थियो ।

साक्षात्कारमा मन्त्री महतले वर्तमान सरकारले १४ महिने कार्यकालमा आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको तथ्यांक प्रस्तुत गर्नुभयो । गत आर्थिक वर्ष ५.२ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा यस आर्थिक वर्ष पनि कम्तिमा ५ प्रतिशत वृद्धि हुने बताउनुभयो । मौसम प्रतिकूल हुँदा धान र गहुँको उत्पादनमा कमी आएर आर्थिक वृद्धि अपेक्षा अनुसार हुन नसकेको उहाँले जानकारी दिनुभयो । मुद्रा स्फिती ९ प्रतिशतबाट ७ प्रतिशतमा झरेको महतको भनाई थियो । खाद्यपद्धार्थमा मूल्यवृद्धि भएको स्वीकार्दै गैर खाद्यपद्धार्थमा ५ प्रतिशतले मूल्यवृद्धि भएको तथ्यांक प्रस्तुत गर्नुभयो । राजश्व संकलन २० प्रतिशतले वृद्धि भएको बताउँदै डा. महतले भुक्तानी सन्तुलन सकारात्मक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया