Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– विभिन्न राजनीतिक दलहरुका भातृसंगठनहरुबीच विवाद भएपछि रोकिएको स्ववियू निर्वाचन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वोच्चले तीन महिनाभित्र निर्वाचन गर्न परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर जवराको इजलासले विगत ६ वर्षदेखि स्ववियू निर्वाचन हुन नसकेको भन्दै तीन महिनाभित्र स्ववियू निर्वाचन गराउन सरकार र त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको हो ।

२०७१ जेठमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू (छैटौं) का विमलप्रसाद पोखरेलले सर्वोच्चमा दायर गरेको रिटको फैशलामा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
पटक पटक निर्वाचन गराउने तयारी गरेर पनि सफल नभएको त्रिभुवन विश्वविद्यालयले सर्वोच्चको आदेशपछि तीन महिनाभित्र स्ववियू निर्वाचन गराउन बाध्यकारी भएको छ ।
देशभरका त्रिविका आंगीक क्याम्पसहरुमा ६ वर्ष यता विद्यार्थी यूनियनको चुनाव हुन सकेको छैन । विद्यार्थी संगठनले पटक–पटक यूनियनको चुनाव माग गरेपनि हुन सकेको थिएन । त्रिविले गत जेठमा घोषणा गरेको निर्वाचन समेत स्थगीत गरेको थियो । त्यसपछि अनिश्चितकालका लागि निर्वाचन रोकिएको थियो । दुई–दुई बर्षमा स्ववियू निर्वाचन गर्नुपर्ने प्राबधान रहेको छ ।

तपाईको प्रतिक्रिया