Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- नेकपा (एमाले) निकट नेपाल बुध्दीजीवी परिषद्को यही वैशाख अन्तिम साता महेन्द्रनगरमा राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

‘शान्ति र संविधान समृध्द नेपालका लागि बुध्दीजीवी योगदान’ भन्ने मूल नाराका साथ वैशाख २६, २७ र २८ गते महेन्द्रनगरमा नवौं राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

नेपाल बुध्दीजीवी परिषद्का केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटाले देशैभरिका बुध्दीजीवीको सहभागितामा पहिलोपटक सुदूरमा राष्ट्रिय महाधिवेशन गर्न लागेको बताउनुभयो । महाधिवेशनमा सुदूरका विषय समेत उठान गरिने अध्यक्ष देवकोटाले जानकारी दिनु भयो ।

देशभरका ५०० भन्दा बढी बुध्दीजीवीको सहभागिता रहने बताइएको छ । ***

तपाईको प्रतिक्रिया