काठमाडौं- काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
ना ४ ख ४५१६ नम्बर रात्री बस पतलैया निजगढ सडक खण्डको १४ किमी नजिकै दुर्घटना हुँदा कम्तिमा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।