Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– प्रमुख तीन दलले संविधान निर्माणमा सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउने जिम्मा शीर्षनेतालाई दिने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले वैशाख १० गते बस्ने संविधानसभाको बैठकसम्म सहमति जुटाउने गरी सो निर्णय गरेको हो ।

बैठकमा गत माघ ५ गते भएको सहमतिलाई संविधान निर्माणको प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउन शीर्षनेतालाई जिम्मा दिने निर्णय भएको कांग्रेस नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो ।

संविधान निर्माण कार्यलाई अघि बढाउने गरी सोमबारको बैठकमा एमाओवादी गत माघ ५ गते मोटामोटी सहमति भएका तीन बुँदालाई मूर्तरुप दिने र चौथो बुँदामा लामो समय नअलमलिई टुङ्गो लगाउने विषयमा सहमत भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठका अनुसार बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयको सरकारले पुनरावलोकन गर्ने समझदारी पनि भएको छ ।

तपाईको प्रतिक्रिया