Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जग्गा कब्जा अभियानलाई तीब्रता दिएको छ ।

माओवादीले कञ्चनपुरको सुडा–६ चौखुट्टीमा बन्द अवस्थामा रहेको चिनी मिलको जग्गा कब्जा गरेको छ । पार्टीको झन्डा गाडेर माओवादीले जग्गा कब्जा गरेको घोषणा गरेको हो ।

महाकाली खाँडसारी चिनी मिलको दुई बिघा १० कट्ठा जग्गा माओवादीले कब्जा गरेको जनाएको छ ।

विप्लव माओवादीले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३०० रोपनी जग्गा कब्जामा लिएका छन् ।

माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ । सिन्धुपाल्चोकको भीमटार–२, ३ र ५, बाँडेगाउँ– ५ र ९ तथा बतासे–२ मा नेत्रविक्रम काजीको नाममा दर्ता भएको ३०० रोपनी जग्गा माओवादीले कब्जामा लिएको हो ।

तपाईको प्रतिक्रिया