Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाबाट अलग भएर आदिवासी जनजाति र मधेसीको छुट्टै मोर्चा बनाउने प्रस्ताव मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अस्वीकार गर्नुभएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अलग्गै मोर्चाको कसरत गरे पनि गच्छदारले ठाडै अस्वीकार गर्नुभएको हो । उहाँले सहमतिमै संविधान जारी गराउने दबाब दिने उद्देश्यले नयाँ मोर्चाको आवश्यकता नरहेको बताएपछि यादव र महतो निरास हुनुभएको छ ।

अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने साझा मुद्दामा मात्र दलहरुबीच मोर्चाबन्दी भएको उल्लेख गर्दै गच्छदारले नयाँ मोर्चा बनाउने विषयमा मधेसी नेताहरुले दिएको अभिव्यक्ति प्रतिक्रियात्मकमात्र भएको दाबी गर्नुभएको छ ।

संविधानसभाभित्रको सबैभन्दा ठूलो दल फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले साथ नदिएपछि यादव, महतोलगायतका नेता आन्तरिक छलफलमा जुट्नुभएको छ ।

तपाईको प्रतिक्रिया