Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीले पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

स्व. थापाका छोरा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई बिहीबार समवेदना सन्देश पठाइ भारतका राष्ट्रपतिले थापाको निधनले नेपालले एक महान नेता र दूरदृष्टियुक्त राजनेता गुमाएको उल्लेख गर्नुभएको छ ।

थापाले समर्पण र प्रतिवद्धताका साथ जनताको सेवा गर्नुभएको जनाउँदै मुखर्जीले आफूले पनि उहासँग नेपाल–भारत सम्बन्ध सुदृढ गर्न विभिन्न समयमा निकटमा रही कार्य गरेको र उहाँसँगको मित्रतालाई महत्व दिएको जनाउनुभएको छ ।

थापाको बुधबार उपचारकोक्रममा नयाँदिल्लीमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया