Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेकपा (एमाले) ले एकीकृत कम्युनिष्ट आन्दोलनको सम्भावनाबारे बहस सञ्चालन गर्ने भएको छ ।

वैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइन्छ । एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज काठमाडौँमा ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माण : चुनौती र सम्भावना’ विषयक प्रवचन गरिने भएको जानकारी दिनुभएको छ ।

एमालेको गत नवौँ महाधिवेशनले जबजको विचारधाराका आधारमा एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि प्रयास गर्ने प्रस्ताव पारित भएको थियो ।

विसं २००६ वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

कार्यक्रमलाई पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायत शीर्ष नेताले विषयगत सम्बोधन गर्नुहुनेछ ।

प्रवचनका लागि ‘नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र नेकपा (एमाले), ‘संविधान निर्माणको जटिलता र नेकपा (एमाले) को दृष्टिकोण’, ‘नेपालको राजनीतिमा नेकपा (एमाले) को योगदान’, ‘परिवर्तित परिस्थिति र हाम्रो राजनीतिक कार्यदिशा’ तथा ‘सरकार सञ्चालनमा नेकपा (एमाले) को अनुभव’ आदि विषय तय गरिएका छन् ।

तपाईको प्रतिक्रिया