Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको छ ।

काठमाडौं– ५, कालोपुल निवासी सुबीरनाथ खनाललाई प्रधानमन्त्रीले राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय खनाल विसं २०३२ सालको विद्यार्थी आन्दोलनको केन्द्रीय स्तरको नेतृत्वमा थिए । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयको सहायक प्राध्यापक रहनुभएका खनाल २०३६ सालको जनमत संग्रहमा प्युठान जिल्लामा खटिँदा बहुदलको प्रचार गरेको अभियोगमा निर्वाचन आयोगले फिर्ता बोलाएको थियो ।

खनाल नेपाली कांग्रेसका तात्कालिन नेता गिरिजाप्रसाद कोइरालाको नजिकमा रही तरुण पत्रिका लगायत नेपाली कांग्रेसका अन्य प्रचार सामग्री निर्माण र वितरणमा संलग्न रहनुभएको थियो । उहाँ २०४६ सालको जनआन्दोलनमा कर्मचारीको नेतृत्व गरी आन्दोलनमा सहभागी हुनुभएको थियो ।

२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव रहनुभएका खनालले तात्कालिन अवस्थामा राजसंस्थामा रहेको शक्तिलाई जननिर्वाचित प्रधानमन्त्रीमा हस्तान्तरण गर्न सफल भूमिका निर्वाह गर्नुभएको थियो ।

खनाललाई पार्टीका तात्कालीन महामन्त्री सुशील कोइरालाले पार्टीको केन्द्रीय प्रशासन विभागको जिम्मेबारी दिनुभएको थियो ।

खनालले एमएस्सी, एमपीए र प्राकृतिक प्रकोप व्यवस्थापन र नियन्त्रणमा अक्स्फोर्डबाट स्नातकोत्तर गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया