Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

कठमाडौं–जाजरकोट लगाएतका जिल्लाहरुमा फैलिएको महामारी नियन्त्रण गर्न सरकार संवेदनशिल नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता भुवनप्रसाद निरौलाले जाजरकोट लगायतका जिल्ला फैलिएको महामारी नियन्त्रण गर्न तत्काल उचित कदम चाल्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

निरौलाले दायर गरेको रिटमा मानिसको बाँच्न पाउने अधिकार रक्षा गर्नु राज्यको दायित्व भएकाले तत्काल स्वाथ्यकर्मी र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी हुनुपर्ने उल्लेख छ ।

रिटमा राज्यबाट कर उठाउने सरकारले नागरिकको स्वाथ्य उपचारमा उचित ध्यान नदिएकाले परमादेशको आदेश जारी गरी तत्काल उचित व्यवस्था गराउन माग गरिएको छ । महामारी फैलिएको क्षेत्रका अभाव नहुने गरी औषधी र स्वाथ्यकर्मी २४ घन्टाभित्र खटाउन आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य मन्त्री खगराज अधिकारी, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय व्यवस्थापिका संसद र राष्ट्रिय मानव अधिकार आयोगलाई विपक्षी बनाइएको छ ।
तीन सातादेखि फैलिएको रोगका कारण जाजरकोटामा २४ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया