Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानका विवादित विषयमा सहमतिको प्रयासका लागि एमाओवादीसँग एकपटक छलफल गर्ने र सहमति नभएमा संविधानसभाको प्रक्रियालाई अघि बढाउने निश्कर्ष निकालेका छन् ।

दुई सत्तारुढ दलका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमतिका लागि विपक्षी तीस दलीय मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीसँग वार्ता गर्ने समझदारी भएको एमालेका उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीसहितको नेता उपस्थित हुनुहुन्थ्यो ।

एमाले उपाध्यक्ष रावलले सकेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभएमा अब संविधानसभाको बैठकलाई नियमित गरी प्रक्रिया अघि बढाइने सहमति भएको जानकारी दिनुभयो ।

एमाओवादी र मधेस केन्द्रित दलले अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताका आधारमा संविधान आउनुपर्ने अडान राख्दै आएको छ । कांग्रेस र एमालेलगायत सत्तारुढ दलले विवादित विषयमा आफूहरुले प्रस्तुत गरेको अवधारणामा आधारित भएर छलफल गर्न आग्रह गर्दै आएको छ ।

संविधानसभाको गत माघ २९ को बैठकमा प्रस्तुत प्रश्नावली (प्रस्ताव) समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने प्रक्रियामा लैजाने वा सहमतिका आधारमा विवादित विषयलाई टुङ्गो लगाउने भन्नेबारेमा सहमतिमा पुग्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि शीर्ष नेतालाई पटक–पटक ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया