Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– संविधान लेखन प्रक्रियालाई तत्काल पूर्णता दिई मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन चीनले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका सान्सी प्रान्तका सचिव झेयो झेन्याङले आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी यस्तो आग्रह गर्नुभएको हो ।
एमाओवादी अध्यक्ष दाहालले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा संविधान जारी गर्न पहल भइरहेको र केही समयभित्रै सहमति हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
संविधान निर्माण प्रक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाउन र सबै वर्ग तथा क्षेत्रको आवाजलाई सम्बोधन गर्न आफूहरु प्रयत्नरत रहेको अध्यक्ष दाहालले चिनियाँ पक्षलाई बताउनुभएको एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विगतका सहमति तथा सम्झौताका आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन सत्तारुढ दल तयार नभएकाले केही गत्यावरोध उत्पन्न भएको अध्यक्ष दाहालको भनाइ थियो । चिनियाँ पक्षले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न अध्यक्ष दाहाललाई आग्रह पनि गरेको नेता सापकोटाले जानकारी दिनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया