Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चा भंग नजिक पुगेको दाबी गरेका छन् ।

तीन दिने आमहड्ताल फिर्ता लिएकोमा क्रुद्द महतोले काठमाडौंमा पत्रकारहरुसित कुरा गर्दै अब नयाँ मोर्चाको गृहकार्य सुरु भएको जानकारी दिए । ‘अहिले नै तीस दलीय मोर्चा भंग भइसक्यो भन्ने निष्कर्ष निकाले हुन्छ,’ उनले भने, ‘अब नयाँ मोर्चा बन्छ ।’

महतोले आदिवासी जनजाति र मधेसीको अलग्गै मोर्चाबन्दी हुने जानकारी दिए । ‘प्रचण्डजीको नेतृत्वमा तीस दलीय मोर्चा छ । तर छुट्टै पनि मधेसी आदिवासी जनजातिले मोर्चा गठन गर्नु पर्छ,’ उनले भने ।

महतोले आदिवासी, जनजाति र मधेसीका लागि एमाओवादीले नलड्ने दाबी गरे । ‘लड्ने त हामीहरुले नै हो,’ उनले भने, ‘अरुको आश गर्नु बेकारको कुरा हो ।’

तपाईको प्रतिक्रिया