Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– टोखाको प्रसिद्ध बिस्केट जात्रा शनिबार सम्पन्न भएको छ । स्थानीय थनेलाछीमा करिब एक महिनाअघि (घोडे जात्राको दिन) ठड्याइएको ३२ हात अग्लो लिङ्गो विधिवत् रुपमा ढालिएको हो ।

सो लिङ्गो ठडाएपछि स्थानीय देवदेवीका पूजा तथा साधना गरेपछि बिस्केट जात्राको तयारी गरिएको थियो । प्रत्येक वर्ष वैशाख संक्रान्तिदेखि पाँच दिनसम्म बिस्केट जात्रा हुने त्यस अवधिमा विभिन्न देवदेवीको जात्रा चल्ने गर्दछ ।

सो जात्रामा विशेष गरी जीवित देवीका रुपमा कुमारी र गणेशलाई पूजा गरी जात्रा चलाइएको थियो । जात्राका अवधिमा स्थानीय चण्डेश्वरी, सपन विनायक, गणेश, कुठु गणेश, मसान काली, सरस्वती र महादेवका खटजात्रा र सिन्दूर यात्रासमेत गरी अघिल्लो दिन सम्बन्धित मन्दिरमा फर्काइएको थियो ।

लिङ्गो ढालेपछि स्थानीय बज्रयोगिनीको रुष्ट पूजा गरी भोज भतेरसमेत गरिएको थियो । मेला व्यवस्थापन समितिका सदस्य देवराज डङ्गोलले यस वर्षको बिस्केट जात्रामा ठूलो संख्यामा भक्तजनको सहभागिता भई सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया