Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बुटवल– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी मोर्चामा देखिएको खटपट सामान्य भएको बताएका छन् ।

बन्द फिर्ता लिएपछि बैठकसमेत बस्न नसकेको मोर्चाका संयोजक दाहालले मोर्चाभित्रको विवाद केही दिनमा समाधान हुने दाबी गरे । उनले विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र बाहिर बसेका सम्पूर्ण दल मिल्नाको विकल्प नभएको बताए ।

गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकार सङ्घ रुपन्देहीद्वारा आयोजित पत्रकार सम्मेलनमा ३० दलीय मोर्चाका संयोजक दाहालले कांग्रेस र एमाले नेतृत्वको सरकार सहमति गर्नभन्दा विमति गर्न उद्दत भएको आरोप लगाए ।

सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया