Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

रुकुम– मौसमी संक्रमण रुकुममा पनि देखिएको छ । उच्च सर्तकता अपनाइएको भनिएपनि जाजरकोटमा देखिएको मौसमी संक्रमण छिमेकी जिल्ला रुकुममा पनि देखिएको बताइएको छ । उक्त संक्रमणले रुकुमको चौखावाङ–५ हिल गाउँमा ५० जना भन्दा बढी विरामी परेका छन् ।

बिरामीहरुमा जाजरकोटमा जस्तै रुघा लाग्ने, ज्वरो आउने रिंगटा लाग्ने लक्षण देखा परेको स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । जाजरकोटमा फैलिएको महामारी जस्तै संक्रमण फैलिएपछि रुकुमका स्थानीय त्रसित बनेका छन् ।

गाउँभर संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली प्रभावित बस्तीमा उपचारका लागि पुगेको छ । हालसम्म स्वास्थ्य टोलीले पचास जनाको उपचार गरिसकेको र गाउँमा यस्ता अन्य थुप्रै बिरामीहरु रहेको उपचारमा खटिएका स्वास्थ्य चौकी मुसिकोटका इन्चार्ज मानबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म उपचार गरिएका मध्य १० जनाजति सिकिस्त छन् ।

जाजरकोटसंग सीमा जोडिएका कारण पनि रुकुममा त्यहाँको संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया