Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

रौतहट– सेवा विस्तार गर्ने सरकारको निर्णय पछि रौतहटको गौरमा भएको आन्दोलनको घटनाका सम्वन्धमा उच्चस्तरीय सुरक्षा अधिकारीको टोलिले छानविन सुरु गरेको छ ।

गृह मन्त्रालयका सहसचिव सागरमणी पराजुलीको संयोजकत्वमा गठित चार सदस्यीय टोलिले गौर आन्दोलनका क्रममा के कस्तो घटना भएको हो, के कति क्षति भएको हो, अव यस्ता घटना हुन नदिन वा नदोहोरिन के–के गर्नुपर्दछ भन्ने बारेमा अनुसन्धान सुरु गर्ने छ ।

गौर आन्दोलन तथा गौर नजिकै रहेको लक्ष्मिपुर बेलबिक्षवा गाविसस्थित सशस्त्र बेस क्याम्पमा भारतीय सिमाक्षेत्रबाट भएको भनिएको गोलिप्रहारका सम्बन्धमा टोलिबाट छानवीन सुरु भएको गृह मन्त्रालयका सहसचिव पराजुलीले बताउनुभयो ।

उहाँले छानविनबाट आएको निष्कर्षलाई प्रतिवेदनको रुपमा २१ दिनभित्र नेपाल सरकार समक्ष बुझाउने जानकारी दिनुभयो । गत चैत २२ गते लक्ष्मिपुर बेलबिक्षवा गाविसस्थित बेस क्याम्पलाई लक्षित गरी करिव ३०० मिटर टाढा रहेको सिमा क्षेत्रबाट अज्ञात व्यक्तिले गोलि प्रहार गरेको भन्ने घटनालाई गम्भिरताका साथ उक्त टोलिले अध्ययन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया