Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

परराष्ट्र र श्रममन्त्रीको ध्यानाकर्षण

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेसियामा नेपाली कामदारमाथि ज्यादति भएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रमराज्यमन्त्री टेकबहादुर गुरुङसँग छलफल गर्दै श्रेष्ठले सरकारीस्तरबाट शीघ्र कदम चाल्न माग गर्नुभएको हो । नेपालीको पहिलो श्रम गन्तव्य मलेसियामा हाल वैधानिक र अवैधानिक गरी झण्डै ९ लाख नेपाली कामदार कार्यरत छन् ।

विदेशमा रहेका नेपाली कामदारका समस्या समाधानबारे छलफल गर्न श्रेष्ठले मन्त्री पाण्डे र गुरुङलाई ती मन्त्रालयका सचिवसहित ललितपुरको हात्तिवनस्थित निवासमै बोलाउनुभएको थियो । केही समयअघि उहाँ पार्टी सम्वद्ध जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन श्रेष्ठ मलेसिया जानुभएको थियो ।

भेटमा मन्त्रीद्वयले आगामी दुई महिनाभित्र नेपाली कामदारमाथि हुने ठगी नरोकिए मलेसिया कामदार पठाउन रोक्नेबारे सम्वद्ध पक्षसँग कुराकानी गर्ने बचन दिएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया