Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले पोलिट्ब्युरो सदस्य रामनाथ ढकालको शोकलाई शक्तिमा बदल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

ढकालको १३औं पुन्यतिथिमा शुक्रबार पार्टी मुख्यालय बल्खुमा आयोजित शोकसभामा ओलीले युवा नेता ढकालको सपना पूरा गर्न पार्टी प्रतिबद्ध भएर लाग्ने बताए ।

ढकाल पार्टीका इमान्दार, जुझारु र निर्भिक नेता भएको भन्दै ओलीले ढकालले देखाएको बाटो हिँड्नसके उनप्रति सच्चा श्रद्धान्जली हुने बताए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेलगायतले युवा नेता ढकाल निष्ठावान नेता भएको भन्दै उनको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए ।

एमालेले शुक्रबार देशभरका पार्टी कार्यालयमा श्रद्धान्लीसभा आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया