Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गरिदैछ । थापाको पार्थिव शरीरमा विहान पार्टी अध्यक्ष पशुपति शमशेर जवराले पार्टीको झण्डा ओढाएर चाबहिलस्थित पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उपराष्ट्रपति परमानन्द झाले पूर्वप्रधानमन्त्री थापाप्रति विहान श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिएको थापाको पाथिर्थ शरीरमा उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उपराष्ट्रपति केहीबेर अघि पार्टी कार्यालयमा पुग्नुभएको थियो । कार्यालयमा राप्रपाका केन्द्रीय पदाधिकारीलगायत तथा कार्यकर्ताको ठूलो भिड लागेको थियो ।

पार्टी कार्यालयको श्रद्धाञ्जलि सकिएलगत्तै सार्वजनिक श्रद्धाञ्जलिका लागि थापाको पार्थिव शरीर दशरथ रङ्गशालामा राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

यसअघि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता शुक्रबार बिहान थापा निवास मालीगाउँमा पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्वर्गीय थापालाई श्रद्धाञ्जलि अर्पण गर्न अर्थ मन्त्री डा. रामशरण महत, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपालका लागि चिनका राजदूत उ छुन्ताई, नेपाली काँग्रेसका युवा नेता तथा सभासद्हरु गगन थापा, उदयशमशेर राणालगायत विभिन्न दलका नेता, कार्यकर्ता मालीगाउँ पुग्नुभएको थियो ।

उहाँको शुक्रबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ । ज्येष्ठ सभासद् थापाको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको थियो ।

तपाईको प्रतिक्रिया