Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

जाजरकोट– जाजरकोटमा तीन सातादेखि फैलिएको स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २० पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी  गाविस– २ का ५० वर्षीय बादी टमटा, अर्छानी– ७ का ५८ वर्षीय हंशबहादुर टमटाको उपचारकोक्रममा मृत्यु भएको छ । फ्लुले पजारु–४ की २६ दिनकी बालिका ऋतु टमटाको पनि मृत्यु भएको छ ।

मौसमी रुघाखोकी र स्वाइन फ्लुको संक्रमण पैंक र सक्ला गाविसमा नियन्त्रणमा आउन थालेको छ । ती गाविसमा बिरामी संख्या घटेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी आउन छाडेकाले नियन्त्रणमा आएको हुन सक्ने चिकित्सकको दाबी छ । तर नायकबाडा र टालेगाउँमा भने संक्रमण फैलिँदो क्रममा छ । प्रकोप नियन्त्रणमा नआउँदा सर्वसाधारणमा स्वाइन फ्लुको त्रास हटेको छैन ।

पैंकमा १ हजार ३ सय बिरामीको उपचार गरिएको जिल्ला अस्पताल, जाजरकोटले जनाएको छ । त्यस्तै, सक्लामा रहेका डा. गुणनिधि शर्माले पनि बिरामीको संख्या घटेको जानकारी दिनुभयो ।

टालेगाउँमा १० बिरामी सिकिस्त छन् । त्यस्तै, नायकबाडाको वडा १, २, ३ र ४ मा १ सय ५० भन्दा बढी बिरामी परेका छन् । ती गाउँमा एउटै घरमा ३/४ जना बिरामी रहेको स्थानीय जनकबहादुर शाहीले जानकारी दिनुभयो । मजकोट, झाप्रा र कोर्ताङमा पनि रोगको प्रकोप फैलिएको छ ।

तपाईको प्रतिक्रिया