Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

भीमदत्तनगर– कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा शुक्रबारदेखि गैंडा गणना सुरु भएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो, ‘हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।’

गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ ।

सो कार्यालयले दिएको जानकारी अनुसार गत वर्षको गणनामा आरक्षमा आठवटा एकसिङ्गे गैंडा भेटिएका थिए । नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ ।

प्रत्येक गैंडाको टाउको गणना गरिने यस विधिबाट जङ्गलमा गैंडाबाहेक अन्य वन्यजन्तुको जीवनशैली, चोरी सिकारीको अवस्था, आहार तथा पानीको अवस्थाका बारेमा समेत थाहा पाइने ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया