Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– पछिल्लो समयमा नेपालीले मलेसियामा दुख पाउने गरेको भन्दै सरकारले नेपाली कामदारलाई मलेसिया जान रोक लगाउने तयारी गरेको छ । नेपालीको पहिलो श्रम गन्तव्य बनेको मलेसियामा पछिल्लो समय नेपालीले दुःख पाउने र त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दियो । मन्त्रालयका अनुसार यसबारे मलेसिया सरकारसँग पत्राचार भइसकेको छ ।

श्रम तथा रोजगार सचिव भोलाप्रसाद सिवाकोटीले वैदेशिक रोजगारका गन्तव्यमध्ये मलेसियामा सबैभन्दा बढी समस्या देखापरेकाले बन्द गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार निःशुल्क टिकट र भिसा आएकामा बाहेक अन्य तरिकाले कामदार पठाउन रोकिनेछ ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले पनि मलेसिया गएका नेपाली कामदारले दिनहुँ समस्या भोग्नुपरेकाले बन्द गर्न लागिएको जानकारी दिनुभयो ।
नेपाली कामदारले दुःख पाउनुमा पठाउने म्यानपावर र त्यहाँका रोजगारदाता कम्पनी दुवै उत्तिकै जिम्मेवार रहेको मन्त्रालयको विश्लेषण छ । कामदार अलपत्र परे वा दुःख पाए त्यहाँको रोजगारदाता कम्पनीले जिम्मेवारी लिँदैन ।

एकैचोटि बन्द गर्दा मलेसिया जाने तयारीमा रहेकालाई समस्या पर्ने भएकाले मन्त्रालयबाट पूर्वस्वीकृति लिइसकेकालाई निश्चित समय दिइने मन्त्रालयले जनाएको छ । पूर्वस्वीकृति पाइसकेकाको हकमा पनि मलेसिया र नेपालको सम्बन्धित कम्पनीलाई अनुगमनमा राखिने र कामदारको हितविपरीत पाइए कालोसूचीमा राखिने श्रमसचिव भोलाप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया