Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आज शुक्रबार राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ ।

थापाको दिउँसो शुक्रबार ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय चाबहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म दशरथ रंगशालामा राख्ने कार्यक्रम छ ।

पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष थापाको बुधबार राति १०:४४ बजे भारतको मेदान्त अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया