Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

भक्तपुर– नयाँ वर्षको दोस्रो दिन अर्थात बैशाख २ गते मध्यपुरथिमी क्षेत्रका बासिन्दाले ३२ खट सहितको सिन्दुरे जात्रा मनाएका छन् । स्थानीय भाषामा सुथः सिया भनिने उक्त जात्रा एक आपसमा सिन्दुर दलेर र छ्यापाछाप गरेर नेवार समूदायले मनाउने गरेका छन् ।

सिन्दूर जात्रा मध्यपुरथिमीमा विस्केट जात्राका क्रममा मनाइने जात्राहरु मध्येको प्रसिद्ध हो । जात्राका अवसरमा बिहानै बालकुमारी र कालिकाको खट बालकुमारी मन्दिरबाट निकालिएको थियो ।

विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरूको खट पनि थपिन्छ । ३२ खट राखेर रथ घुमाई जात्रा गरिएको दृश्य निकै आकर्षक देखिन्छ । थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका नाममा खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली बालिन्छ ।

सिद्धिकालीको खट ल्याएर गणहरु सहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराउने परम्परा छ ।

तपाईको प्रतिक्रिया