Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– नर्वेले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने चाहना व्यक्त गरेको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो चाहना व्यक्त गर्नुभएको हो ।

आफूसँगको भेटमा नर्वेले नेपालको लोकतन्त्र, सुशासन प्रवद्र्धन, शिक्षा र विकासका निम्ति विशेष चासो राखेको मन्त्री पाण्डेले समुद्रपारिलाई जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा आफ्नो मुलुकले उम्मेदवारी दिन लागेको जानकारी गराउँदै त्यसमा नेपालको सहयोग र समर्थन आफूले अपेक्षा गरेको राज्यमन्त्री हगलन्डले बताउनुभएको मन्त्री पाण्डेले बताउनुभयो ।

नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार आधारभूत प्राथमिक शिक्षा, जलविद्युत्, ऊर्जा, मानवअधिकार, विकेन्द्रीकरण, शान्ति स्थापना, सुशासन, निजी क्षेत्रको विकासमा केन्द्रित रहेर नर्वेले सहयोग गर्दै आएको छ । नर्वेली सहयोग ग्रामीण विद्युतीकरणमा पनि उल्लेख्यरुपमा उपयोग भएको छ ।

तपाईको प्रतिक्रिया