Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

जाजरकोट- स्वाइन फ्लु फैलिएको जाजरकोटको अति दुर्गम स्थानमा रहेको टालेगाउँ स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा औषधिको माग गरिएको भए पनि अहिलेसम्म स्वास्थ्य चौकीमा औषधि नपुगेका कारण समस्या भएको हो ।

यो चौकीमा सात स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अहिले तीन जनाले मात्र सेवा दिइरहेको स्वास्थ्य प्रमुख प्रेमा लामाले जानकारी दिनुभयो । दुई हप्ताअघि सदरमुकामबाट घोडामा ढुवानी गरी लिइएको औषधि सोमबार बेलुका नै सकिएको थियो ।

अति दुर्गम स्थानमा स्वास्थ्य संस्था हुनु र सडक सञ्जालले नछोएका कारण तत्काल औषधि पुर्‍याउन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

जिल्ला अस्पतालमै ७० प्रकारका औषधि पाइने भने पनि सो कार्यान्वयन नभएको बिरामीले बताएका छन् । जिल्लाका रोग प्रभावित क्षेत्रमा औषधि स्वास्थ्यकर्मीको टोली पठाएको भने पनि यातायात नहुँदा हिँडेर जार्नुपर्ने बाध्यताले गर्दा अहिलेसम्म पुग्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया