Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

मर्नेको संख्या १७ पुग्यो

काठमाडौं- दुई सातादेखि जाजरकोटको जिल्लाको टालेगाउँ गाविस-२ मा मौसमी रुघाखोकीका रूपमा देखा परेको रोग स्वाइन फ्लुका कारण फैलिएको पुष्टि भएको छ ।

रोगका कारण बुधबार बिहान थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको १२ जनाको थुकको नमुना परीक्षण गर्दा तीन जनामा स्वाइन फ्लु प्रमाणित भएको हो ।

पैक गाविसमा खटिएका एक स्वास्थ्यकर्मी आफैँ बिरामी भएका छन् । उनको थप उपचारका लागि सदरमुकाम ल्याइएको छ । बिरामी हुनेमा रामकृष्ण गिरी रहेका छन् । स्वाइन फ्लु भन्ने प्रमाणित भएपछि थप आतङ्क फैलिएको छ ।

तपाईको प्रतिक्रिया