Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा सरोजकुमार पोखरेलको उम्मेदवारी तय भएको छ ।

नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको काठमाडौँमा बसेको बैठकले मञ्चका तर्फबाट आधिकारिक रुपमा पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । एक दशकदेखि वैदेशिक रोजगार व्यवसायमा सक्रिय रहेका पोखरेल मञ्चका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित बनाउनका साथै यस क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको एकता र सुरक्षाका लागि पोखरेल नै उपयुक्त उम्मेदवार भएकाले आफूहरुले सर्वसम्मत निर्णय गरेको मञ्चका कार्यबाहक अध्यक्ष हरिबहादुर पाण्डेले बताउनुभयो । वैदेशिक रोजगार क्षेत्रमा अति नै स्वच्छ छवि, इमान्दार, लगनशील र निरन्तर सक्रिय भएका कारण पोखरेलको जित पक्का रहेको उहाँले बताउनुभयो ।

मञ्चबाट आधिकारिक उम्मेदवार बनेपछि प्रतिक्रिया दिँदै पोखरेलले व्यवसायीलाई सुरक्षाको वातावरण मिलाउँदै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित तथा आधुनिक बनाउन आफू उम्मेदवार बनेको बताउनुभयो ।

काठमाडौँको सिनामंगलस्थित निविदा कन्सर्न प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रहेका पोखरेल यसअघि नै वैदेशिक रोजगार व्यवसायी संघको कार्य समिति सदस्य तथा सल्लाहकार समेत भइसक्नुभएको छ ।

संघको अधिवेशन यही वैशाख २५ गते काठमाडौँमा हुँदैछ ।

तपाईको प्रतिक्रिया