Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौँ- नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रिय राजनीतिको महत्वलाई आत्मसात् गर्दै एमालेलाई देशकै उत्कृष्ट पार्टीमा रुपान्तरण गरिने बताएका छन्।
एमाले काठमाडौँ महानगरपालिका, ५ वडा कमिटीको नवौँ अधिवेशनको उद्‍घाटन गर्दै उनले कार्यकर्तालाई पार्टी रुपान्तरणका लागि एकताबद्ध भई लाग्न निर्देशन दिए।
विद्यमान राष्ट्रिय समस्या समाधानका लागि एमाले नयाँ अभियानका साथ जनताको घरदैलोमा जानलागेको जानकारीसमेत महासचिव पोखरेलले दिए।
वडा कमिटी अध्यक्ष गणेश श्रेष्ठले पार्टीले दिएको निर्देशनअनुसार वडास्तरमा कार्यक्रमहरु अगाडि बढाउने बताउँदै वडाका सबै कार्यकता एकताबद्ध हुँदै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
अधिवेशनले नयाँ कार्यक्रम पारित गर्दै नयाँ नेतृत्व चुन्नेछ।
तपाईको प्रतिक्रिया