Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – नेपाल जापान अध्ययन केन्द्र (नेपाकेन) को आयोजनामा शनिवार योकोहामामा चौथो जापानी भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ७ जना प्रतियोगीहरुले भाग लिएको सो प्रतियोगितामा ’अनौठो देश जापान’ शिर्षकमा बोल्नु हुने टिका छन्त्याल प्रथम, ’उत्साहित दिनचर्या’ बारेमा बोल्नुहुने मदन चापागाँइ द्वितीय र ’आफ्नो अनुभव’ शिर्षकमा बोल्नुहुने राजेन्द्र पौडेलले तेस्रो स्थान हासिल गर्नुभएको थियो । Yokohama

Yoko 3कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले हाल जापानबासी नेपालीहरुको संख्या ४२ हजार ३ सया ४६ पुगेको जानकारी दिनुहुदै यस्ता कार्यक्रमले नेपाल र जापान दुई देशलाई नजिक तुल्याउन कोसेढुंगा साबित हुने बताउनुभयो । राजदूत डा. भट्टराईले प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गर्नुभएको थियो । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमश: ३० हजार, २० हजार र १० हजार येन नगद पुरस्कार, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो ।
बिशेष अतिथि एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले भाषाले गर्दानै अन्य जीवजन्तु र मानवजातीमा फरक भएको तथ्यलाई उजागर गर्नुका साथै भाषाको महत्वमाथि प्रकाश पार्दै Yoko 1सहभागीहरुलाई हौसला प्रदान गर्नुभएको थियो । त्यसैगरी एनआरएन जापानका उपाध्यक्ष सुदन थापाले यस प्रकारका रचनात्मक कार्यमा एनआरएनको निरन्तर सहयोग रहने प्रतिबध्दता जनाउनुभएको थियो ।

कार्यक्रममा जापान नेपाल सोसाइटीका अध्यक्ष तथा नेपालका लागी पूर्व जापानी राजदूत मिचुआकि कोजिमा, कानागावा इन्टरनेशनल फाउन्डेशनकि डाइरेक्टर हिदेको मिजुता, कोकुगाकुइन विश्वबिधालयका प्राध्यापक ताजिमा, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष आलोक चालिसे, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा. भुपालमान श्रेष्ठ, एनआरएन जापानका कोषाध्यक्ष दिपक थापा, युवा व्यवसायी हिमलाल भट्टराइ, प्रभुराम भट्टराई, एनपी कडेंल लगायत नेपाली तथा जापानीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।Yoko 2
कार्यक्रम संयोजक हरिबहादुर पहारीको मन्तब्यबाट शुरु भएको उक्त प्रतियोगिता जापानी भाषाविद तथा संचारकर्मी जिज्ञानकुमार थापाको संयोजकत्वमा सोफिया बिश्वबिद्यालयकी प्राध्यापक डा. मासाको तानाका र अमेरिकास्थित ओबारिन बिश्वबिद्यालयकी पूर्व जापानी भाषा प्राध्यापक सातोको कोइजुमी सदस्य रहेको निर्णायक मण्डल रहेको थियो । अन्य प्रतियोगिहरुमा रिता थापा, दुर्गाबहादुर खत्री, दिपेन्द्र सुनुवार, सन्तोष चोखल लगायतले रोचक ढंगले आफ़्नो प्रस्तुति गर्नुभएको थियो । तिन चरणमा बिभाजित उक्त कार्यक्रमको क्रमश: बिष्णु भण्डारी, सन्तोष अर्याल र धिषण निरौलाले सञ्चालन गर्नुभएको थियो भने शंकर बराइलीले अतिथिहरुलाई स्वागत तथा यशोदा बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । ***



IMG_4186 IMG_4187

तपाईको प्रतिक्रिया